काठमाडौं । लघु बीमकहरु आवद्ध ‘नेपाल लघु बीमक संघ’ नामक गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा बिधिवत दर्ता भएको छ । बीमा रक्षावरणको पहुंच बाहिर रहेका बर्ग समुदायलाई बीमाको दायरामा समेटी उनिहरुको आर्थिक भविष्यलाई सुनिश्चित गर्ने उद्देश्यले जेठ ३ गते संस्था दर्ता भएको हो ।
संस्था देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघ संस्थाहरुसँग समन्वय गरी लघु बीमा सेवालाई स्तरीय तथा भरपर्दो बनाउदै न्युन आय बर्ग तथा दुर दराजका नागरिक हरुमा बीमाको पहुंच विस्तारको लागी दर्ता गरिएको संस्थाले जनाएको छ । नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरु संग सहकार्य र समन्वय गरी समावेसी बीमाको अवधारणालाइ मुर्त रुप दिनका लागि बीमा रक्षावरणको पहुंच बाहिर रहेका बर्ग समुदायलाई बीमा सेवाको विकास तथा बिस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले लघु बीमक संघ संचालन गरेको कम्पनीले जनाएको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्ष रहेको कार्य समितिमा स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिश्व राम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका सचिव, र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव कोषाध्यक्ष रहेका छन् ।
यसै गरि सदस्य हरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्