Skip to content
Shikhar Insurance
National Life

पर्सा र सुनसरीस्थित वेयरहाउजिङ्ग संचालनमा, खाद्य व्यवसायी उत्साहित

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पन लिमिटेडले वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । कम्पनीले पर्साको पर्सागढि-१, विरूवागुठी र सुनसरीको गढि गाँउपालिका-२, औरावनीस्थित वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको हो ।

उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको कम्पनीले जनाएको छ । नेपाल वेयरहाउजिङ्ग कम्पनीको पर्सा र सुनसरीस्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भई तराईका भेगहरूबाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कम्पनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयरहाउसको साईलोमा मौज्दात गर्न थालेको कम्पनीले जनाएको छ ।

यसबाट उपयुक्त समयमा बिक्री गरि किसान तथा व्यापारीहरुले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुने विश्वास कम्पनीले जनाएको छ । कम्पनीका महाप्रवन्धक समिर राज सत्याल भन्छन्, ‘मकै, गँहु, र भटमास पूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई, तथा केलाई गरी साईलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ साथै यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रदता, कम्प्युटरको माध्यमवाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ। यस प्रकारले भण्डारीकरण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कंपनी स्वंयले गरेको छ ।’

अबको दुई महिना मकै र गँहु को कटानी भई बजारमा आउने भएकोले दिनको २५–३० गाडी दिनहुँ आइरहेको सत्याल बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्