Shikhar Insurance
National Life

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो विराटनगरमा सेवा विस्तार

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार १७:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नं७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा नं ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण भएसँगै ग्राहकहरु माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास बैंकले राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सन्राइज बैंकको स्थान ( भद्रपुर लाईन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको बैंकले जानकारी दिएको छ । त्यसैगरी, चितवन जिल्ला स्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्