काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ । आइतबार महानगरपालिकाले मापदण्ड विपरित जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो ।
गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटरहरु भत्काएको महानगरपालिकाले बताएको छ । महानगरपालिकाले शुक्रवार मात्रै भत्केको पुल आसपासका अवैध संरचनाहरु भत्काएको थियो । महानगरपालिकाले मापदण्ड विपरित बनाएका महानगरपालिका भित्रका संरचनाहरु भत्काउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्