Shikhar Insurance
National Life

हामी निस्वार्थ रुपमा काम गर्छौ, यो व्यापार गर्ने संस्था होइन : अध्यक्ष ओझा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार १४:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहन राज ओझाले संघ कुनै व्यापार व्यवसाय गर्ने संस्था नभएको बताएका छन् । उनले आज (आइतबार) आयोजित एक कार्यक्रममा संघले जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ आयोजना गर्न लागेको जानकारी दिदैँ यस्तो बताएका हुन् ।

जेठ १८ गते हुने सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने अध्यक्ष ओझाले जनाएको छ । ‘अर्थतन्त्रका मुद्दाहरू, सामाजिक सुरक्षा तथा जीवनपर्यन्त सिकाइलाई सम्बोधन गरी सरकारले समाजलाई लाभान्वित गर्ने कामका नयाँ प्रवृत्तिहरूलाई सुनिश्चितता प्रदान गर्नुपर्छ। कार्यस्थलको रूपान्तरणसँगै सस्थाहरू, कर्मचारीहरू र सरकारहरूबीच सहकार्य अत्यावश्यक हुन्छ। सञ्चार, सहकार्य, कर्मचारीको भलाई, विविधता, समावेशीता र सिकाइको निरन्तरताको प्राथमिकीकरण यी परिवर्तनहरूलाई सफलतापूर्वक अगाडि बढाउन महत्वपूर्ण हुन्छ’ अध्यक्ष ओझाले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभिन्न परिवर्तनहरूलाई सही मानसिकतामा साथ आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने दृष्टिकोणसहित नेपान व्यवस्थापन संघले ुसीईओ कन्फरेन्सु आयोजना गर्न लागेको संघका अध्यक्ष ओझाले बताए । सम्मेलन ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसातु नारामा केन्द्रित रहने बताउँदै ओझाले भने, सम्मेलनको मुख्य उद्देश्य सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग गर्नु रहेको छ ।’

कार्यक्रम आयोजनाको लागि करिब ५५ लाख बढी खर्च हुने संघले अनुमान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्