काठमाडौं । नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बोल्दा अवरोध नगर्ने भएको छ । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।
उनले सहकारीको रकम अपचलन सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति नबनी सरकारी काममा प्रवेश गरेको खण्डमा भने संसद अवरुद्ध हुने स्पष्ट पारे ।
उनले संसदभित्र सत्तापक्ष र प्रतिपक्ष दलका बीचमा संसदीय छानबिन बनाएर जाने भन्नेकुरामा सहमति भइसकेको र त्यसलाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताए । उनले टिओआर बनाउने कुरामा पनि दलहरुका बीचमा छलफल भएर कुराकानी भइरहेको पनि स्पष्ट पारे ।
उनले विपक्षमा रहेका दलहरुले छानबिन समिति बनाउने कुरालाई सकारात्मक रुपमा लिएको पनि बताए । उनले टिओआर बनाउने कुरामा सहजता प्रदान गर्न आग्रह गरे । टिओआर बनाइसकेपछि सरकारी बिजनेसमा प्रवेश गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस्