काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यले फेरी नयाँ ऐतिहासिक रेकर्ड कायम राखेको छ । आइतबार छापावाला सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन (शुक्रबार)सुनको मूल्य १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत बिहिबार सुनको मूल्यले १ लाख ४० हजार रुपैयाँमा रेकर्ड कायम राखेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी १ सय १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा पुगेको छ । भने अघिल्लो दिन चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्