काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको सेयर सूचीकृत भएको छ । शुक्रबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो ।
लघुवित्तको २ लाख ५६ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । साविकको सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएका कम्पनी हो यी २ कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका थिए ।
सूचीकृतपश्चात अब कम्पनीको सेयर आइतबार (जेठ ६ गते) देखि कारोबारमा आउनेछ । कम्पनीको सिम्बोल एसएलबिएसएल रहेकाे छ । कम्पनीको सेयरको ओपनिङ्ग रेञ्ज प्रतिकित्ता ८८३ रुपैयाँ ९७ पैसा रहेको एक सूचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्