Skip to content
Shikhar Insurance
National Life

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको सेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा नेरुडे मिर्मिरे लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको हो ।

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएका हुन् । नेरुडे र मिर्मिरे लघुवित्त १।१ अनुपातमा मर्ज भएका हुन् ।

सूचीकरण पश्चात पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको सेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग रेञ्ज तोकेको छ। कम्पनीको सेयर कारोबार फुकुबा गरेको हुँदा आइतबारदेखि सोही मूल्यका आधारमा कारोबार गर्न सकिनेछ। कम्पनीको सिम्बोल एनएमएलबिबिएल कायम भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्