Shikhar Insurance
National Life

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनीक (पुर्णपाठ)

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाउँदै लगिएकोले निक्षेप तथा कर्जाका व्याजदरहरु घटिरहेका छन् । बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहेतापनि २०८० फागुनदेखि कार्यान्वयनमा ल्याइएको स्थायी निक्षेप सुविधा एवम् अन्य उपकरणमार्फत तरलता व्यवस्थापन गरिएको फलस्वरुप २०८० चैत मसान्तको भारित औसत अन्तरबैंक दर व्याजदर करिडोरको सीमाभित्रै रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०८० चैतमा बैंक तथा वित्तीय संस्थाहरुको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.९८ प्रतिशत पुगेको छ । यसैबीच, पछिल्लो समय केही ठूला बचत तथा ऋण सहकारी संस्थाहरु समस्याग्रस्त हुँदा औपचारिक वित्तीय मध्यस्थतामा पनि प्रभाव परिरहेको छ । तथापि, बैंकिङ्ग प्रणालीको खुद निष्क्रिय कर्जा न्यून रहेको, खुद तरल सम्पत्ति नियामकीय व्यवस्थाभन्दा उच्च रहेको, समग्रमा पुँजी पर्याप्तता कायम रहेको एवम् पछिल्लो समय लागू गरिएका सुधारका कार्यक्रमहरुको फलस्वरुप वित्तीय क्षेत्र स्थायित्व सवल नेपाल राष्ट्र बैंक रहेको छ ।

आन्तरिक तथा वाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५ ५ प्रतिशतको नीतिगत दर, व्याजदर करिडोर अन्तर्गतको ३० प्रतिशतको निक्षेप संकलन दर र ७० प्रतिशतको बैंक दरलाई यथावत राखिएको छ ।

ब्याजदर घट्दै गएको र पर्यटक आगमन बढिरहेका अवस्थामा राजनैतिक स्थिरता सहित तीनै तहका सरकारको पुँजीगत खर्च बढेमा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा माग बढ्ने एवम् कर्जा असूलीमा समेत सुधार आउँदै जाने अपेक्षा रहेको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १।२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम रहेकाे  राष्ट्र बैंकले जनाएकाे छ ।

पुर्णपाठ

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्