Shikhar Insurance
National Life

संसदमा भिडन्त, काँग्रेस–एमाले सांसद आमने सामने, प्रधानमन्त्री साइड लागे

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधी सभाको बैठकमा भिडन्त सांसदहरुबीच भिडन्तको क्रम सुरु भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानविन समिति बनाउनुपर्ने अडानमा रहेको नेपाली काँग्रेस र एमाले सांसदबीच प्रतिनिधी सभामा धकेला धकेल भएको हो । सभामुख देवराज घिमिरेले काँग्रेसको अवरोधका बीच संसद बैठक अघि बढाउन खोजेपछि काँग्रेस सांसदहरु बिरोधमा उत्रिएका थिए । काँग्रेस सांसद बिरोधमा उत्रिएपछि एमाले सांसदहरु पनि खडा भएका थिए ।

त्यहि बिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल बैठकबाट निस्केर हिड्न खोज्दा काँग्रेस सांसदहरुले घेरा बन्दी गरेका थिए । प्रधानमन्त्री घेराबन्दीमा परेपछि एमाले र माओवादीका सांसदहरु समेत प्रधानमन्त्री भएतिर गएका थिए । सोही क्रममा काँग्रेस र एमालेका सांसदहरुबीच धकेला धकेल भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संसदमा भिडन्तको अवस्था सृजना भएपछि प्रधानमन्त्री प्रचण्ड सांसदहरुको भिड छिचोल्दै बाहिरिएका थिए । असहज परिस्थिति निर्माण भएपछि सभामुख घिमिरेले संसदको अर्काे बैठक जेठ ४ गते बिहान ११ बजेका लागि डाकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्