Shikhar Insurance
National Life

जाजरकोट भूकम्प पीडितलाई बेलायतद्वारा २ अर्ब १८ करोडभन्दा बढीको सहयोग

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १६:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ २ अर्ब १८ करोड ४० प्रदान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले संयुक्त रुपमा आज जारी गरेको विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रका ५० हजार मानिसलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायत आवश्यकता सम्बोधन गर्न उक्त रकम प्रदान गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बहुसाझेदार कोषमार्फत प्राप्त उक्त सहायता राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक एवं मानवीय समन्वयकर्ता हाना सिङ्गर हाम्दी नेतृत्वको टोलीले परिचालन गर्नेछ ।गत कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको कम्पन हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भूकम्पलगत्तै बेलायत सरकारले ८ करोड ४० प्रदान गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्