Shikhar Insurance
National Life

बुधबार साँझ आएको हावाहुरीले बैतडीको विद्यालयको छानामा क्षति

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १३:४८
Hyundai
NCELL
NIMB

बैतडी । हुरीबतासले बैतडीको एक विद्यालय भवनको छानो उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीस्थित सरस्वती आधारभूत विद्यालयको भवनको छानो उडाएको हो ।

विद्यालयको पाँचकोठे भवनमध्ये दुई कोठाको छानो हुरीबतासले उडाउँदा पूर्ण रूपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर चन्दले बताए । उनका अनुसार बाँकी तीन कोठाको छानो पनि आंशिक रूपमा क्षति भएको छ । हुरीबतासले विद्यालय भवनको छानो उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विद्यालयमा दुईकोठे कार्यालय भवन र पाँचकोठे भवनमात्रै रहेको प्रअ चन्दले जानकारी दिए । उनका अनुसार कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा ५२ विद्यार्थी अध्ययनरत छन् । छानो मर्मत नहुँदासम्म पठनपाठनमा समस्या हुने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्