Shikhar Insurance
National Life

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १२:२१
Hyundai
NCELL
NIMB

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेसँग आग्रह गरेका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा भएको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिएका र विश्वासको मत मात्रै दिने नभइ सरकारमा सहभागी हुन समेत नेकपा एमालेलाई आग्रह गरे । उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सबै पार्टीले सहयोग गर्ने विश्वास व्यक्त गर्दै विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै नभइ मन्त्रीमण्डलमा सहभागी भइ सहकार्य गर्नका लागि आह्वान गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले कोशी प्रदेशमा आफ्नो पार्टीले विश्वासको मत दिएको बताए । उनले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाललाई सहयोग गरिरहेको स्पष्ट पारे । आफ्नो पार्टी अहिलेको सरकारकै भलो चाहने पक्षमा रहेको पनि बताए । उनले मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लाग्नुपर्ने बताए ।

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) फुटाउन सहज नरहेको जानकारी गरे । सबै सांसदहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने निर्णयसहित काम अघि बढिरहेको बताए । अध्यक्ष नेपालले समाजवादी मोर्चा कसरी अघि बढ्छ भन्नेबारेमा यसै भन्न सकिने अवस्था नरहेको जिकिर गरे । समाजवादी मोर्चामा जनता समाजवादी पार्टी, नेपाल विभाजित भइसकेपछि संकट निम्तिएको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्