Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार ११:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य र संख्या भने तोकिएको छैन । कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुलाई लक्षित गरी संस्थापक सेयर बिक्री सम्बन्धि ३५ दिने सूचना प्रकाशन गरिएको थियो । उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री खुल्ला गरिएको बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यलय, कमलादीमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्