काठमाडौं । भन्सार विभागले विद्युतिय गाडीमा मोटर क्षमता (किलोवाट) घटाएको विषय अध्ययनलाई तिब्रता दिएको छ । बढी किलोवाट भएको गाडी पनि कम किलोवाट क्षमताको भन्दै भित्रिन थालेपछि सवारी परिक्षण कार्यालयलाई बोलाएको हो ।
विभागले सवारी परिक्षण कार्यालय टेकुका इन्जिनियरहरुलाई बोलाएर छफलफल गरेका हुन् । विभागका कर्मचारीहरुले परिक्षण कार्यालयका इन्जिनियरहरुसँग विद्युतिय गाडीको मोटर पावर परिक्षण कसरी गर्ने भन्ने विषयमा बुझेका हुन् ।
सवारी परिक्षण गर्ने इन्जिनियरहरुले भने नेपालमा मोटर पावर मापन गर्ने भरपर्दो मेसिन नै नभएको बताएको छलफलमा सहभागी एक कर्मचारीले बताए । ती कर्मचारीले सिंहदरबारसँग भने, ‘हामीले इभी गाडीमा मोटर पावर छलिको विषयलाई गम्भिर रुपमा लिएका छौं, यसका लागि केही प्रमाणहरु समेत संकलन गरिसकेका छौं, यसैक्रममा सवारी परिक्षण कार्यालय टेकुका इन्जिनियरहरुसँग पनि परामर्श गरेका छौं।’
ती कर्मचारीले थपे, ‘उहाँहरुको भनाईमा नेपालमा मोटर पावर जाँच्ने उपयुक्त यान्त्र छैन, भएको मेसिन पनि राम्ररी उपयोगमा आउन नसकेको उहाँहरुले बताउनु भएको छ ।’ इभी गाडीको मोटर क्षमता परिक्षण गरी सवारी परिक्षण कार्यालयले प्रमाणित गर्ने र सोपछि मात्रै भन्सार विभागले जाँचपास गर्ने गरिएको छ ।
भन्सारका कर्मचारीहरु भने सवारी परिक्षण कार्यालयका इन्जिनियरहरु र स्वीकृत दिने यातायात विभागसँग सन्तुष्ट छैनन । नियतबस नै ठूला मोटर पावरलाई कम पावरको भनि प्रमाणित गर्ने गरेको भन्सार विभागका कर्मचारीहरुको आशंका छ ।
विद्युतिय सवारी परिक्षण गर्ने आवश्यक उपकरण र प्रविधि नभएको सवारी परिक्षण कार्यालय टेकुका प्रमुख मणिराम भुषालले बताए । भुषालले सिंहदरबारसँग भने, ‘हामीसँग भएको चेसिर डाइनामो मिटर हो, यो मिटरले गाडीको चक्काको मात्रै क्षमता मापन गर्ने गर्छ, जसबाट वास्तविक गाडीको क्षमता मापन गर्न सकिदैन ।’ उनका अनुसार सो मेसिन समेत बेला बखतमा बिग्रिरहने भएकाले भारतबाट प्राविधिक बोलाउनु पर्ने बाध्यता छ ।
विद्युतिय गाडीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) राखिएको हुन्छ । सो प्रविधिले विद्युतिय गाडीको प्रणालीलाई कम क्षमताको बनाउन पनि मिल्छ । अहिले अधिकांस इभी गाडीले सोही प्रविधि प्रयोग गरिरहेका छन् ।
वास्ताविक मोटर पावर जाँच गर्नका लागि इन्जिन डाइनामो मिटर आवश्यक पर्छ । इन्जिनियरहरुका अनुसार ती मिटर खरिद गर्न ६ करोड हाराहारीमा खर्च लाग्छ । यसका लागि भने तयारी गाडी नभई इन्जिन र ब्याट्री मात्रै ल्याएर परिक्षण गर्नुपर्ने हुन्छ ।
https://singhadarbar.com/post/124859/
यदि तयारी गाडीबाट इन्जिन डाइनामो मिटरबाट परिक्षण गर्ने हो भने गाडीको पार्ट पुर्जा नै खोलेर परिक्षण गर्नुपर्ने हुन्छ । सरकारले किलोवाट अनुसार विद्युतिय गाडीमा भन्सार महसुल निर्धारण गर्ने कर नीति ल्याएसँगै अधिकांस गाडीहरु कागजमा ९९ किलोवाट भन्दा घटाएर जाँचपास भैरहेको छ ।
पछिल्लो समय भित्रिएको ओमोडा सहित अधिकांस मोडेलहरुले गाडीको मोटर पावर घटाएर जाँचपास गरेपछि ५ अर्ब भन्दा धेरै कर छलि भएको भन्दै भन्सार विभागले अध्ययन सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्