Shikhar Insurance
National Life

संस्कृति संरक्षणका लागि म्याग्दीमा १५ दिने मादल बजाउने तालिम

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार ११:४३
Hyundai
NCELL
NIMB

म्याग्दी । सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा मादल बजाउन सिकाउने तालिम सुरु भएको हो ।

उक्त १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरेका हुन् । नगरप्रमुख केसीले सङ्गीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताए । कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको उनले बताए । कार्यक्रममा नगरका उपप्रमुख ज्योति लामिछानेले महिलालाई गाउँघरमा बेलाबेलामा आयोजना हुने भजनकीर्त लगायत धार्मिक–सांस्कृतिक कार्यक्रममा मादल बजाउनसक्ने बनाउन तालिमको आयोजना गरिएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तालिममा बेनी नगरपालिका भित्रका आमा समूह तथा महिलाले नेतृत्व गरेका सङ्घसंस्थाका ६० जना सहभागी भएका छन् । तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्