Skip to content
Shikhar Insurance
National Life

जानकी फाइनान्सको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी सरोज कुमार सिंहको नाममा रहेको १२ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार वित्तीय संस्थाका संस्थापक सेयरधनीहरु रहेकाले सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको कम्पनी सचिव कार्यलयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन गर्नुपर्ने कम्पनीले जनाएको छ ।

उक्त तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि निवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रकृया अगाडि बढाउने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्