काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन(मंगलबार) सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो । चाँदी ५ रुपैयाँले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्