Skip to content
Shikhar Insurance
National Life

इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छ : अध्यक्ष नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जीवनका कुराहरु राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने बताए । उनले सबैले इतिहासका भोगाइहरुलाई टिपेर राख्न सुझाव दिए । उनले छिटै नै नकेपा विभाजन र नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यस पुस्तकले विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट पार्ने उल्लेख गरे । सो क्रममा अध्यक्ष नेपालले आफ्नो राजनीतिक अनुभवका विभिन्न भोगाइरहेको बारेमा पनि स्मरण गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्