काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २० हजार २ सय २४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको प्रमुख कार्यालय चारखालरोड, काठमाडौंका आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कानुन बमोजिम अन्य व्यक्ति, कम्पनी वा संघ संस्थालाई बिक्री प्रकृया आगाडी बढाउने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्