Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकले खारेज गर्यो इ–नेट पेमेन्टको अनुमतिपत्र, भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको छ। राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेको पाइएपछि इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज गरिएको हो।

संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन परिपालना नगरेकाले भुत्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा २०७७ संशोधन सहितको विनिमय ३५ को १(ग) को व्यवस्थाबमोजिम संस्थाको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाईएको हो । संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको ३१ औँ दिनदेखि लागु हुने गरी खारेज गरिएको बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

उक्त संस्थाले जारी गरेको भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुले संस्थासँग लेनदेन गर्न बाँकी रहेमा यो सूचना प्रकाशन भएको ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्