काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ मा पुगेको हो ।
सोमबार ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १ सय ५७ रुपैयाँ कारोबार भएको छ । सोमबार नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोट सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय ८१ रुपैयाँ रहेको छ ।
आज १८८ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, मान्दु हाईड्रोपावर लिमिटेड, श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने सीवाईसी लघुवित्तको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्