Shikhar Insurance
National Life

उपेन्द्र यादवले छाडे सरकार, नयाँ गठबन्धनको कसरत सुरु

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३१, सोमबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । उप प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जसपा नेपालका अध्यक्ष समेत रहेका उप प्रधान एंव स्वाथ्य मन्त्री यादवले पछिल्लो समय उत्पन्न राजनीतिक घट्नाक्रमका कारण सरकारमा रहन नसकिने भन्दै राजीनामा गरेका हुन् । उनले प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा विगत दुई महिनादेखि सरकारमा रहेको तर अब भने सरकारमा रहेर सहकार्य गर्न सकिने अवस्था अवस्था नरहेको बताएका छन् ।

यादवले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको अगुवाईमा आफ्नो पार्टी विभाजन भएको निष्कर्ष निकालेका छन् ।
यादव नेतृत्वको जसपा नेपालका ७ जना सांसदले अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन गरि नयाँ पार्टी जसपा गठन गरेका छन् । यादवले वर्तमान सरकारबाट बिदा लिएपछि अशोक राईको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदैछ ।
उता, उपेन्द्र यादवले सरकारबाट बिदा लिएपछि नयाँ गठबन्धनको तयारीमा काँग्रेस नेतृत्वले अग्रसरता बढाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्