Shikhar Insurance
National Life

बीमा सुनौं, बीमा बुझौं, बीमा गरौं र ढुक्क रहौं–फोटो फिचर

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३१, सोमबार ११:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरण स्थापनाको ५६ औं बर्ष पुरा हुन लागेको अवसरमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणका कर्मचारी, बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयर लगायत पाँच सय भन्दा बढी सहभागी प्रभातफेरि कार्यक्रम भद्रकालीबाट सुरु भएर शहिदगेट, सुन्धारा, न्युरोड गेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको थियो ।

कार्यक्रमलाई बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, गार्डियन माइक्रो लाइफका सीईओ चिरायु भण्डारी, सर्भेयर संघ र बीमा अभिकर्ता संघका प्रतिनिधीले सम्बोधन गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रको विकास, विस्तार र विश्वसनियता अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनले बीमा बजारको अभिवष्य उज्जल रहेको सन्देश स्थापित भैसकेको पनि बताए । नेपाल जस्तो प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका मुलुकमा बीमा अनिवार्य रहेको पनि उनको भनाई थियो ।

प्राधिकरणले नयाँ ऐन निर्माण भएपछि स्वायत्तताको अभ्यास गर्न पाएको र नियमावलीहरु बनाउँदा कम्पनीहरुसँग अधिकतम छलफल गर्न थालेको पनि बताए । बीमा कम्पनीहरुले पनि प्राधिकरणका निर्देशनहरु क्रमशः पालना गर्दै अघि बढ्न थालेको उनको भनाई थियो । प्राधिकरणको निर्देशनपछि उधारो बीमा र रेट कटिङ कम हुँदै गएको उनको भनाई थियो ।
सबै नेपाली नागरिकलाई बीमाको दायरा ल्याउनुपर्ने, गरिबहरुको बीमाका लागि बिशेष योजना बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

कम्पनीहरुले सधै नाफा मात्रै नहेरी केहि नाफाबाट गरिबको बीमाका लागि योगदान दिनुपर्ने धारणा पनि राखे । एक पटक बीमाको फाइला लिएका नागरिकहरु सधै बीमाको दायराभित्र रहने निष्कर्ष पनि उनले सुनाए । अध्यक्ष सिलवालले बीमाका अभिकर्ताहरुलाई बीमितको क्षमता र दक्षता अझै अभिवृद्धि गर्नुपर्नेमा पनि जोड दिए । अभिकर्ताहरु जति दक्ष हुन्छन्, बीमाको विश्वसनियता त्यति नै बढ्ने धारणा पनि राखे ।

बीमा कम्पनीहरुले लगानीका नयाँ नयाँ क्षेत्रहरु पनि खोज्नुपर्नेमा अध्यक्ष सिलवालले जोड दिए । साथै, बीमाको पहुँच बढाउनका लागि बीमा कम्पनीहरु गाउँ गाउँ जानुपर्ने निचोड पनि अध्यक्ष सिलवालले सुनाए ।

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्