काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको सेयर पूँजी ४ अर्ब १८ करोड रहेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको तुलनामा ९२.९४ प्रतिशतले नाफा वृद्धि गर्दै ३० करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छ । कम्पनीले गत आवको सोही अवधिमा १५ करोड ७९ लाख रुपैयाँ कमाएको थियो ।
कम्पनीले चैत्र मसान्तसम्ममा ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क कमाएको छ । जुन गत वर्षकोसोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले वृद्धि भएको छ । गत आवकोसोही अवधिमा १ अर्ब ९५ करोड कुल बीमा शुल्क कमाएको थियो ।
कम्पनीले चालु आवमा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आव सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क रहेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि भएको पाइन्छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।
कम्पनीको महाविपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेण्ड अर्निङ्गमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । २०७९÷८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको विवरणले देखाएको छ ।
प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ ।
प्रतिक्रिया दिनुहोस्