Shikhar Insurance
National Life

आइतबार ८.२६ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब १५ करोड

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३०, आईतवार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२६ अंकले बढेर परिसुचक १९९७.५० को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता कारोबार हुँदा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १ सय ६८ रुपैयाँ ७३ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सांग्रिलाड डेभलप्मेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भ्एको छ । कम्पनीको १० करोड ५० लाख ६० हजार ७ सय १ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय १८ रुपैयाँ १० पैसा रहेको छ ।

आइतबार १२७ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज श्रृजनशील लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ भने मानुसी लघुवित्तको सेयर मूल्य ५.५५ प्रतिशतले घटेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्