Skip to content
Shikhar Insurance
National Life

जेठ १ गतेसम्म प्रतिनिधिसभा स्थगित, काँग्रेसले छाडेन संसदीय समितिको अडान

Hyundai
NCELL
NIMB

काठमाडौं।  प्रतिनिधिसभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ ।  बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो ।

सभामुख देवराज घिमिरेले दोस्रो बैठकको कारबाही आरम्भ गर्नासाथ प्रतिपक्षीका सांसदले रोष्ट्रम घेराउसहित नाराबाजी गरेका थिए । यसपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिन खोज्दा विपक्षीदलका सांसदले अवरोध गरेका  थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामुख घिमिरेले आसनग्रहण गरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना कुरा राख्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम बैठक स्थगनको घोषणा गरे । सभाको अर्को बैठक आगामीजेठ १ गते मङ्गलबार साँझ ६ बजेका लागि तोकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्