काठमाडौं । नेपाल टेलिकमले पाँच वर्षका लागि मोबाइल अनुमतिपत्रको लाइसेन्स पाएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले शुक्रबार टेलिकमलाई प्रमाणपत्र प्रदान गरेको हो ।
टेलिकमलाई पाँच वर्षको प्रमाणपत्र प्रदान गरेको एनटीएका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार टेलिकमले ५ वर्षको लागि २१ करोड तिरेको छ ।
अब टेलिकमले पाँच वर्षपछि पुन नविकरण गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्