Skip to content
Shikhar Insurance
National Life

कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई अस्पतालका सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा ओपिडि सामान्य डेन्टल सेवाहरूमा कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौं मूख्य कार्यालय तथा नारायणगढर बुटवलमा रहेका शाखा कार्यालयहरुबाट सेवा लिदा १० प्रतिशत छुट हुने भएको छ ।

विशेष डेन्टल सेवाहरूमा ७ प्रतिशत, सामान्य सेवाहरूमा प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट र साथै पहिलो भिजिटमा निशुल्क आँखा परीक्षण प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने विश्वास बैंकले लिएकको छ ।

बैंकको हालसम्म ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्