काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र ह्याम्स अस्पतालबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा अस्पतालका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्य र बैंकका मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरेका हुन् ।
उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम बैंकका ग्राहकहरुलाई ह्याम्स अस्पतालका सेवा तथा उपचारमा १० प्रतिशत र फर्मेसीको लागि लाग्ने शुल्कमा ५ प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।
कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख खतिवडाले यो सहकार्यमा जोडिन पाउँदा खुसी लागेको व्यक्ति गरे । भने ह्याम्स अस्पतालका प्रबन्धक मार्केटिङ प्रबन्धक बज्रचायले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे ।
समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्