Skip to content
Shikhar Insurance
National Life

आज दोल्ती पावर सहित यी कम्पनीको सेयर मूल्यमा उकालो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ मा पुगेको हो ।

आज ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८ सय ३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २ सय ९६ रुपैयाँ कारोबार भएको छ । आइतबार सेयर बजार घटे पनि केही कम्पनीले सेयर मूल्य भने बढेको छ ।

आज दोल्ती पावर कम्पनीका ९.५६ प्रतिशत, साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.७२ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.७२ प्रतिशत, ११ प्रतिशत केबिइल डिबेन्चर २०८० को ४.०३ प्रतिशत सहित ६७ कम्पनीको सेयर मूल्यमा उकालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्