Shikhar Insurance
National Life

प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, ५०.१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०८१ बैशाख २१, शुक्रबार १३:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८औं वार्षिक साधारण सभा वैशाख २० गते बिहिबार सम्पन्न भएको छ । सभा तीनकुने काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको हो ।

सभामा वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरि जम्मा ५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वार्षिक साधारण सभाले कम्पनीको संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गरेका सञ्चालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन गर्नुका साथै सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्न सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्व ५० करोड पु¥याउनका लागि स्वीकृत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कुसुम लामाले कम्पनीले निरन्तर रुपमा आफ्नो व्यावसाय बृद्धि गर्दै संस्थागत शुशासन, आन्तरीक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रmपमा बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्ने तर्फ बिशेष ध्यान दिई कार्य अगाडी बढाएको बताउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजसंग जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन र उत्थानमा अग्रसर हुने नितिलाई प्राथमिकतामा राखी बिभिन्न कार्यक्रमहरm सञ्चालन गर्दै आइरहेको र यसलाई निरन्तरता दिईने बताए ।

त्यैगरी ग्राहकको सन्तुष्टी नै कुनै पनि व्यवसायीक संस्थाको सफलता हो भन्ने कुरालाई मनन् गर्दै बीमा सेवालाई सबल तथा आधुनिकीकरण बनाउन डिजिटल ट्रान्फmरमेसन योजना लागू गरि कार्ययोजना अगाडि बढाइएको बताउँदै सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गहरmको सन्तुष्टिको मुख्य आधार भएको कुरालाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक निति तर्जुमा गरि सूचना प्रबिधि, जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै लगिएको बताए ।

वार्षिक साधारण सभामा बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्नुहुंदै कम्पनीको समग्र प्रगती सन्तोषजनक रहेको बताए । वार्षिक साधारण सभामा पेश भएका सामान्य तथा बिशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरियो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्