काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लामो समयदेखि दाबी भुक्तानी लिन बाँकी बीमितहरूलाई भुक्तानी लिन आग्रह गरेको छ ।
कम्पनीले आज एक सूचना प्रकाशन गर्दै विभिन्न समयमा दाबी निवेदन परेको तर फर्छ्यौटका लागि आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआउँदा भुक्तानी बाँकी रहेपछि कम्पनीले भुक्तानी लिन आग्रह गरेको हो ।
कम्पनीले कोभिड बाहेकका दाबी भुक्तानी लिन बाँकी बीमितलाई कागजात सहित नजिकमा रहेको कम्पनीको प्रदेश, शाखा तथा उपशाखा वा केन्द्रीय कार्यालयमा र सम्बन्धित सर्भेयरलाई सम्पर्क गरी दाबी लिन आग्रह गरेको छ ।
साथै, उक्त दाबी भुक्तानी लिन सूचना प्रकाशन भएको दिनदेखि २१ दिनभित्र आवश्यक कागजात संकलन गरी भुक्तानी लिन नआएमा त्यस्तो दाबीको सबै फाइल बन्द गरिने सूचनामार्फत कम्पनीले जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्