काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, मंगलबार चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्