Skip to content
Shikhar Insurance
National Life

५० करोडसम्मको अटोमेटिक रुट मार्फत विदेशी लगानी स्वीकृति हुने

Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग विभागले आजै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत् विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । नेपाल सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन अनुसार अटोमेटिक रुट सुरु गरेको हो ।

वैशाख ७ गते प्रकाशित भएको राजपत्र अनुसार शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सन्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धीका लागि लगानी गर्न स्वचालित मार्ग मार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ ।

तेस्रो लगानी सम्मेलनलाई मध्यनजर गर्दै उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नको लागि विद्युतीय प्रणाली तयार गरी सकेको छ । विदेशी लगनीकर्ताले उक्त प्रणालीबाट आजकै मितिबाट आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र ईमेल मार्फल आवेदन दिने बित्तिकै प्राप्त गर्नसक्नेछन् भने सोही आधारमा कम्पनी दर्ता गर्न सक्नेछन् ।

सुचना प्रविधिमा आधारित उद्योगहरुको लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्युनतम सीमा लागु गरिएको छैन । उक्त स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको बातावरण बढ्ने अपेक्षा गरिएको छ । स्वचालित मार्ग (अटोमेटिक रुट) बाट कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्