काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०७ अंकले बढेर परिसुचक १९८०.३४ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
सोमबार ११७ कम्पनीको ७३ लाख ४१ हजार १ सय ७७ कित्ता कारोबार हुँदा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँकोकारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै पोखरा फाइनान्सको कारोबार भएको हो । कम्पनीको १७ करोड ५४ लाख ७ हजार ५ सय २५ रुपैयाँ ७० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ३१ रुपैयाँ ५० पैसा रहेको छ ।
सोमबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज ३ कम्पनीको सेयर मूल्यमाच सकरात्मक सर्किट लागेको छ भने पिपुल्स पावर कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्