Skip to content
Shikhar Insurance
National Life

सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न सरकारका विभिन्न निकायहरूसँग साझेदारी राकुटेन भाइबर

Hyundai
NCELL
NIMB

काठमाडौं । कलिङ र मेसेजिङ एप्लिकेसनहरुको दुनियाँमा विश्वकै अग्रणी एप राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायहरूसँग साझेदारी गर्ने भएको छ । नागरिकहरूलाई महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचनाहरू प्रदान गर्न उक्त साझेदारी गर्ने भएको हो ।

समुदायको सहभागिता बढाउन नागरिकहरूलाई अन्तरक्रियात्मक अभियानहरूमा संलग्न गराउने साझेदारीको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरुमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्ने जनाएको छ । यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनको लागि केन्द्रीकृत हबको रूपमा काम गर्ने कम्पनीले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सिनियर हेल्थ एडमिनिस्ट्रेटर डा. प्रकाश बुढाथोकीले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने,“ स्वास्थ्य सम्बन्धित जानकारी जनमानसमा पुर्याउने हाम्रो प्रयासलाई विस्तार गर्न राकुटेन भाइबरसँग मिलेर काम गर्न पाउँदा अत्यन्त खुसी छौँ ।

“राकुटेन भाइबरको गोपनीयता र सुरक्षाप्रतिको प्रतिबद्धताका कारण पनि प्रयोगकर्ताहरूले सरकारी सञ्चारको लागि आधिकारिक र विश्वसनीय स्रोतको रूपमा यस प्लेटफर्ममा विश्वास गर्न सक्छन्। नेपाल सरकारसँगको सहकार्यले पारदर्शिता, संलग्नता र महत्त्वपूर्ण सूचनाहरूमा नागरिकको पहुँच बढाउनका लागि प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अगाडि बढेको छ”, राकुटेन भाइबर, एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले टिप्पणी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्