Shikhar Insurance
National Life

काठमाडौं महानगरभित्र अशक्त र गरिबले निःशुल्क उपचार पाउने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १६, आईतवार १३:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो ।

कामपाले आज सूचना जारी गर्दै लक्षित वर्गका बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आए बिरामीले निःशुल्क उपचार पाउने जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन् । उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका ३ सय ७४ श्यया उपलब्ध छन् । सम्पर्कका लागि निःशुल्क टेलिफोन नं ११८० मा फोन गरेर जानकारी लिन कामपाले आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्