Skip to content
Shikhar Insurance
National Life

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने नीति योजना तर्जुमा गर्नुपर्छ : चेम्बर निवर्तमान अध्यक्ष मल्ल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरुको सीपलाई पनि सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा उनले भने,‘रेमिट्यान्सको पैसा ९० प्रतिशतसम्म उपभोगमा नै खर्च भईरहेको छ, विदेशबाट भित्रिएको रकमलाई उत्पादमुलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाऔं ।’ वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीपलाई स्वदेशमा सदुपयोग गर्न अध्यागमनमा सीपको लगत संकलन गर्नुपर्ने व्यवस्था हुनुपर्नेमा मल्लले जोड दिए । अर्को प्रसंगमा निर्वतमान अध्यक्ष मल्लले १६ औं पञ्चवर्षिय योजना, सरकारको बजेट एवं मौद्रिक नीतिबीच पनि प्रभावकारी समन्वय हुनुपर्ने बताउँदै पञ्चवर्षिय योजना महत्वकांक्षी हुने तर कार्यन्वयन पाटो निकै फितलो हुदाँ अपेक्षित लाभ हासिल हुन नसकेको बताए ।

निर्वतमान अध्यक्ष मल्लले आगामी बजेट बस्तुपरक र खर्च गर्न सक्ने क्षमताको ल्याउन समेत सरकारलाई सुझाव दिए । श्रोत सुनिश्चित गरेर मात्रै बजेट बनाउनुपर्ने उनले बताए । बजेटलाई बितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउन आवश्यक रहेको मल्लको भनाई छ ।
निर्वतमान अध्यक्ष मल्लले सार्वजनिक, निजी साझेदारीलाई प्रोत्साहन गर्नेगरी योजना बनाउनु पर्ने समेत राष्ट्रिय योजना आयोगलाई सुझाव दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्