Skip to content
Shikhar Insurance
National Life

आज माई खोला हाईड्रोपावरसहित यी कम्पनीको सेयर मूल्यमा गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ मा पुगेको हो ।

बुधबार ३१३ कम्पनीको ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ कारोबार भएको छ ।

आज सेयर बजारमा झिनो अंकले सुधार आएपनि केही कम्पनीका लगानीकर्ता भने निराश भएका छन् । माई खोला हाईड्रोपावर लिमिटेडको ७.८४ प्रतिशत, नबिल डिबेन्चर २०८५ को ३.९६ प्रतिशत, माहिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.८४ प्रतिशत, लक्ष्मी उन्नति कोषको ३.६५ प्रतिशत सहित १४७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्