Skip to content
Shikhar Insurance
National Life

१५ औं वर्ष पूरा भएको अवसरमा यामाहाले ल्यायो आकर्षक अफर, एफजेडमा १० वर्षको वारेन्टी

Hyundai
NCELL
NIMB

काठमाडौं । मोटरसाइकल उद्योगको क्षेत्रमा अग्रणी नाम यामाहाले १५ औं वर्ष पूरा भएको अवसरमा नयाँ योजना ल्याएको छ । यामाहाले १५ औं वर्ष पूरा भएको अवसरमा एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको वारेन्टी उपलब्ध गराएको हो ।

यस्तो व्यापक स्तरको वारेन्टी नेपालमा कुनै पनि दुई पाङ्ग्रे सवारी कम्पनीले पहिलो पटक प्रदान गरेको हो । फ्युल इन्जेक्शन टेक्नोलोजीले मोटरसाइकलको दुनियाँमा क्रान्तिकारी परिवर्तन गरेको छ । यसले राइडरहरूलाई सुधारिएको इन्धन दक्षता र सहज कार्यसम्पादन प्रदान गर्दै प्रदुषण समेत घटाएउने कम्पनीले जनाएको छ ।

आगामी दिनलाई मध्यनजर गर्दै प्रविधिको सीमाहरूलाई फराकिलो पार्न र विश्वभरका सवारहरूलाई असाधारण अनुभवहरू प्रदान गर्न यामाहा समर्पित रहेको आयोजकले जनाए । यामाहाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेज लिमिटेडका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले कोसेढुङ्गा प्राप्तीको यस अवसरमा आफ्नो उत्साह व्यक्त गर्दै भने,’यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रा समर्पित ग्राहकहरूलाई यो खुशी र सन्तुष्टि प्रदान गर्न पाउँदा गौरवान्दित छौं।’

‘माथिल्लो मुस्ताङको दुर्गम भूभागदेखि काठमाडौंको भीड सडकसम्म यामाहा एफजेड बाइकहरूले बारम्बार आफ्ना क्षमताहरू प्रमाणित गर्दै आएका छन्। अब १० वर्षको वारेन्टीको साथ राइडरहरूले अझ बढी मानसिक शान्ति लिएर आफ्नो साहसिक यात्रा सुरु गर्न सक्नेछन्।’ अग्रवालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्