Shikhar Insurance
National Life

करिब १७ प्रतिशतले बढ्याे प्राइम बैंकको नाफा, प्रतिसेयर आम्दानीमा समेत २.८२ रुपैयाँले वृद्धि

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ०९:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा १६ दशमलव ६५ प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको चालु आवबो तेस्रो त्रैमासीक वित्तीय विवरण अनुसार बैंकको नाफामा १६ दशमलव ६५ प्रतिशत बढेको देखिएको हो ।

विवरण अनुसार बैंकको खुद आम्दानी २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको विवरण अनुसार ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५.६९५ ले बढेर ५ अर्ब ७८ करोड ३८ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको आम्दानी ५ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जामा भने ३.०६ प्रतिशतले वृद्धि भएर ४.२९ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रहेको छ भने जगेडा कोषमा १० अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी समेत २.८२ रुपैयाँले बढेर १९.७८ रुपैयाँ पुगेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्