Skip to content
Shikhar Insurance
National Life

धितोपत्र बोर्ड अध्यक्ष जिम्वेवारी सहसचिव रितेश  शाक्यलाई

Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षको जिम्वेवारी सहसचिव रितेश शाक्यलाई दिएको छ । अर्थ मन्त्रालयले सहसचिव शाक्यलाई जिम्वेवारी दिएको हो । शाक्य हाल मन्त्रालयको बजेट महाशाखामा प्रमुख छन् । उनी बजेट निर्माण टिमका सदस्य समेत हुन् । निकै व्यस्त रहेका शाक्यलाई मन्त्रालयले जिम्वेवारी दिएको हो ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धि व्यवस्था संशोधन गरिएको छ । संशोधित व्यवस्था अनुसार उपदफा ८ मा, ‘अध्यक्षको पद रिक्त भए नेपाल सरकारले निजलाई पदबाट हटाए वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भए बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्नेछ ।’ भनि उल्लेख छ ।

सोहि व्यवस्था बमोजिम शाक्यले जिम्वेवारी पाएका हुन् । नयाँ अध्यक्ष नियुक्ति प्रकृया रोकेर बोर्ड अध्यक्षको जिम्मेवारी शाक्यलाई दिनुले विषेश अर्थ राखेको छ । हाल अध्यक्ष छनोट समितिले पाँच जनाको नाम छनोट गरेको छ ।

जसमा चिरन्जीवी चापागाई, कृष्ण बहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा.नवराज अधिकारी र सन्तोष नारायण श्रेष्ठ छन् । सर्टलिष्टिङमा अर्थमन्त्री वर्षमान पुनले असन्तुष्टी व्यक्त गरेपछि प्रकृया अनिस्चित कालको लाग रोकिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्