Shikhar Insurance
National Life

प्रधानमन्त्री समक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १८:११
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस गरेका छन् ।

सङ्घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टता हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले प्रधानमन्त्रीलाई सो प्रतिवेदन पेस गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित उक्त कार्यक्रममा मुख्यसचिव डा वैकुण्ठ अर्याल, कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक तथा सदस्यका साथै विषयगत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिवेदन ग्रहणपश्चात् प्रधानमन्त्री दाहालले प्रतिवेदनमाथि यथाशीघ्र उच्चस्तरीय समितिमा थप छलफल गरी राष्ट्रिय समन्वय परिषद्बाट निष्कर्षमा पु¥याउन निर्देशन दिएका प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्