काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले चैत्र १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयरका लागि खरिद आह्वान गरेको थियो ।
उक्त अवधिमा परेको बोलपत्र चैत्र २७ गते खोली ३० गते निष्कासनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ । बाँडफाँडको अन्तिम मूल्य १४५ रुपैयाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा सेयर बाँडफाँड गरिएको हो ।
साथै, बाँडफाँडमा नपरेको आवेदकलाई आज (वैशाख ३ गते) देखि आवेदन फाराममा उल्लेख बैंक, वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकम फिर्ता गरिने कम्पनीले जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्