Shikhar Insurance
National Life

वर्षासहितको हावाहुरीले फलफुलमा क्षति, उदयपुरका किसान चिन्तित

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १३:४८
Hyundai
NCELL
NIMB

उदयपुर । बिहिबार राति हावाहुरीसहित आएको वर्षाले भर्खर फल लाग्दै गरेको लिची र आँपमा क्षति पुर्याएको छ । गएराति साँझदेखि रातको १२ बजेसम्म आएको हुरीको कारण भर्खर फलफुलमा क्षति पुगेको हो ।

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, मोथ्याई, चौदण्डी गढी नगरपालिकाको हाँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको पुरनदह, भागलपुरसहित आम्बासी क्षेत्रका आँप तथा लिचीमा सामान्य क्षति भएको किसानको भनाइ छ । त्रियुवा–१ जोगिदहका किसान देबलाल चौधरीका अनुसार गएराति ८ बजेदेखि ११ बजेसम्म वर्षासँगै आएको हावाहुरीका कारण आफ्नो बगँचाको लिची र आँपका साना फल झरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“अचानक आएको हावाहुरीका कारण आँप र लिचीका फलमा झण्डै १० प्रतिशत जति क्षति भएको छ”, उनले भने । बेलका नगरपालिकाको भागलपुर र आम्बासी क्षेत्रमा समेत हावाहुरीको कारण फलफुलमा सामान्य क्षति भएको आम्बासीका किसान नरेन्द्र खड्काले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्