काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा चैत ३० (आज) बस्दैँछन् । कम्पनीले बनेपा पार्टी भेन्युमा बस्ने गरी सभा बस्ने भएका हुन् ।
सभामा अध्यक्षले प्रस्तुत गर्ने संचालक समितिको आव २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरी आव २०७९/०८० को वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
चालु आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सभाको प्रस्ताव रहेको छ ।
साथै, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने तथा समाहित हुने प्रयोजनका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते एक दिन वित्तीय संस्थाले बुक क्लोज गरी सकेको छ ।
प्रतिक्रिया दिनुहोस्