काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेको ५९ लाख २६ हजार २ सय ३५ कित्ता सेयरको लक इन अवधि वैशाख ३० गते सकिने भएको छ ।
लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारको लागि योग्य हुने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको हो ।
हाल कम्पनीका संस्थापकहरुको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर र कर्मचारीहरुको ५० हजार ३६५ कित्ता सेयर लक इनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्