काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । आज छापावाला सुनको मूल्य २ हजार ४ सयले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुन मूल्य प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुनको मूल्य पनि २ हजार ४ सय रुपैयाँले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्